डाइनामिक एकेडेमिक इआरपीको अपडेटेड भर्सन लन्च, स्मार्ट स्कुलको लागि उपयुक्त

  • Home
  • Blog
  • डाइनामिक एकेडेमिक इआरपीको अपडेटेड भर्सन लन्च, स्मार्ट स्कुलको लागि उपयुक्त
shape
shape
shape
shape
shape
image

डाइनामिक एकेडेमिक इआरपीको अपडेटेड भर्सन लन्च, स्मार्ट स्कुलको लागि उपयुक्त

डाइनामिक टेक्नोसफ्ट प्रालिले डाइनामिक एकेडेमिक इआरपीको अपडेटेड भर्सनहरु विद्यालयको लागि उपलब्ध गराएको छ ।

अहिले विद्यालयहरु विभिन्न प्रविधि र सफ्टवेयरको प्रयोग गर्दै डिजिटलाइजेसन तर्फ अघि बढिरहेका छन् । बजारमा विभिन्न आइटी कम्पनी तथा संस्थाहरुले शिक्षालाई डिजिटलाइज गर्ने प्रयास गरिरहेको विषयलाई ध्यानमा राखेर कम्पनीले नयाँ भर्सन ल्याएको हो । डाइनामिक इआरपीमा एकाउन्ट, ट्रान्सपोर्ट, लाइब्रेरी, पेरोल, जिपिएसको समाधान दिन सकिन्छ । यसमार्फत विद्यालयले सबै आर्थिक व्यवस्थापन पारदर्शीरुपमा राख्न सक्छन भने विद्यार्थीले शुल्क तिरेको जानकारी सम्वन्धित निकाय र अभिभावकमा अपडेट हुनेछ । यसले विद्यार्थीहरुको बस वा गाडी कहाँ आइरहेको छ वा कतिखेर घरबाट निस्कने समेत जानकारी दिनेछ । विद्यार्थीहरुले घरमै बसि नोट तथा शिक्षकले दिएको होमवर्क हेर्ने र बुझाउन सक्छन । यस सफ्टवेयरको प्रयोगबाट लाइब्रेरी व्यवस्थापन समेत गर्न सकिने कम्पनीको भनाई छ ।

यस सफ्टवेयर मार्फत अनलाइन एटेन्डेन्स पनि गर्न सकिन्छ । विद्यार्थी र शिक्षकको लागि छुट्टै मोवाइल एप मार्फत थप सुविधा लिन सकिन्छ । समग्ररुपमा विद्यालय, विद्यार्थी र शिक्षकलाई समेत यस सफ्टवेयर मार्फत एउटै नेटवर्कमा जोड्न सकिन्छ । विद्यार्थीको पर्फमेन्स र मार्कसिट पनि यसले उपलब्ध गराउछ । यि सबै सुविधाहरुको लागि अहिले बजारमा डाइनामिक एकेडेमिक इआरपी उपलब्ध भएको कम्पनीका प्रवन्ध निर्देशक दिपक साहले बताए ।

नेपालका सयभन्दा बढि विद्यालयहरुमा सफल प्रयोग भइरहेको यो एप्लिकेशन नेपालका अन्य जुनै सफ्टवेयरभन्दा पनि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । काठमाडौ, विरगञ्ज, चितवन, वुटवल र अन्य स्थानमा पनि यस सफ्टवेयरको प्रयोग भइरहेको छ । यो सफ्टवेयर युजर फ्रेन्ड्लीका साथै उत्कृष्ट सपोर्ट सुविधा समेत कम्पनीले दिने जनाएको छ ।

शिक्षालाई प्रविधिसँग जोड्दै स्मार्ट स्कुल बनाउन डाइनामिक एकेडेमिक इआरपी उत्कृष्ट प्लाटफर्म भएको प्रयोगकर्ता विद्यालयहरुको भनाई छ ।